२५ मंसिर २०८०, सोमबार | Mon Dec 11 2023

कोरोनाका कारण थप एक जनाको मृत्यु, कति थपिए संक्रमित ?



काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार २३८ जनाको नमुना परीक्षण गर्दा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या १२ हजार ३० पुगेको छ । नेपालमा कोरोनाबाट हुने मृत्युदर १।२ प्रतिशत रहेको छ ।

त्यस्तै, सोही अवधिमा थप ३५ जना कोारोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३६१ पुगेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८० शनिबार ००:००  ६ : ५२ बजे