७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा



काठमाडौं ।
नेपाल र कुवेतबीचको खेलमा वर्षा बाधक बनेपछि खेल रद्द भएको छ । खेल रद्द भएपछि नेपाल समूह ‘ए’ को विजेताको रूपमा एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेल पहिलो इनिङमा २३.३ ओभर खेल भइरहँदा पानी परेपछि खेल रोकिएको थियो । पानी रोर्किसँगै खेल पुनस् शुरु भएको थियो । नेपालले कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिएको थियो ।

दोस्रो इनिङको पनि ८.३ ओभर चलिरहँदा पुनस् पानी परेपछि खेल रोकिएको थियो । ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्रै बनाएको थियो ।

डिएल मेथडमा खेलको नतिजा लिन कुवेतले २० ओभर खेलेको हुनु पर्ने थियो । र, २० ओभरमा कुवेतले नेपाललाई जित्न १ सय ९४ रन बनाउनु पर्ने थियो । बाँकी खेल हुन नसक्दा खेल नतिजाविहीन बन्यो नेपाल त्यसैको साहयतामा फाइनल प्रवेश गरेको हो ।

अब नेपालले फाइनलमा युएईसँग खेल्नेछ ।

प्रकाशित मिति : १६ बैशाख २०८० शनिबार ००:००  ३ : ५४ बजे