१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अझै तीन दिन पानी पर्ने सम्भावना



काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यका लगायत देशभर अझै तीन दिन वर्षाको सम्भावना रहेको जनाएको छ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका काराण आगामी तीन दिनसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रहि लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भू–भागहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको उनले बताइन्।

दिउँसो आंशिकदेखि सामान्य बदली रहि पहाडी र तराई भूभागका केही स्थानहरूमा पनि वर्षाको सम्भावना रहेको उनले बताइन्।

नगरकोटीका अनुसार तीन दिनसम्म पानी पर्ने र रोकिने क्रम चलिरहने सम्भावना छ। ‘प्रिमनसुन चलिरहेको छ। पानी रोकिने र पर्ने क्रम चलिरहेपनि बादल भने लागिरहन्छ,’ उनले भनिन्।

मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिनका लागि सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

प्रकाशित मिति : १७ बैशाख २०८० आइतबार ००:००  १० : ३३ बजे