१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

विकास र समृद्धिमा प्रेस चौतारीको अहम भूमिका : अध्यक्ष बस्नेत



हरि आचार्य, कपिलवस्तु ।
‘समृद्धिका लागि सञ्चारकर्म, प्रेस चौतारीको मुल मर्म’ भन्ने मुल नाराका साथ कपिलवस्तुको ऐतिहासिक धार्मिक स्थल कपिलधाममा ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाका प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित र व्यवसायिक बनाउनुपर्ने बताउनुभयो । प्रेस चौतारी नेपालले देशभरका जिल्लाहरुमा क्रमश वार्षिक साधारणसभा गर्दै आएको बताउँदै संगठन बलियो बनाउन सक्षम व्यक्तित्वलाई संगठित गर्नुपर्नेमा जोड दिनुभयो । ८ औं साधारण सभालाई उद्घाटन गर्दै उहाले देश विकास विकास र समृद्धिकोे निमित्त प्रेस चौतारीले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवं कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले चुनावको समयमा प्रेस चौतारीले खेलेको भुमिकाको प्रशंसा गर्दै अझै पार्टीले गरेका राम्रा कामहरु जनता समक्ष ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सदस्य सिराज अहमद फारुकी, केन्द्रिय सदस्य शुशील श्रीवास्तव, नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेल, जिल्ला अध्यक्ष डम्मर शर्मा, जिल्ला कमिटि सदस्य तथा गाउँपालिका अध्यक्ष गोपाल थापा, पूर्व केन्द्रिय सदस्य विकास बन्जाडेले बोल्दै प्रेस चौतारीलाई संख्यात्मक भन्दा पनि गुणात्मक रुपमा काम गर्न आग्रह गर्नुभयो । बक्ताहरुले जनप्रतिनिधीहरुले गरेका राम्रा कामहरु पनि समाचारको माध्यमबाट सत्य तथ्यका साथ जनता समक्ष ल्याउनुपर्ने दायित्व चौतारीको रहेको उल्लेख गर्नुभयो । यस्तै कपिलधाम जस्ता जिल्लामा रहेका ऐतिहासिक धार्मिक स्थलको प्रचार प्रसारका निम्ती समेत चौतारीका सदस्यहरुले कलम चलाउनु पर्ने औल्याउनुभयो ।
यसैगरी कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश सहइन्र्चाज पावती पाण्डे, चौतारीका प्रदेश अध्यक्ष शोभाखर पन्थीले बोल्दै पार्टीले गरेका उदाहरणीय कार्यलाई जनसमक्ष पस्किदै आफुलाई अब्बल बनाउदै चौतारीका सदस्य जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला शाखा अध्यक्ष जानु पाण्डेले १० लाखको अक्षय कोष निर्माण गर्ने, जिल्लामा गठन गर्न बांकी रहेका ८ वटा पालिकामा संगठन विस्तार गरी पालिका स्तरिय समिती गठन गर्ने, पालिकाहरुमा मिडिया कार्यविधि निर्माणमा पहल र सहजिकरण गर्ने, प्रेस चौतारीमा आबद्ध पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न तालिमहरु संचालन गर्ने, प्रेस चौतारीका गतिविधी समावेश गर्दै चौतारी स्मारिका प्रकाशन गर्ने, संगठन सुदृढिकरण र सुदृढिकरणलाई निरन्तरता दिने, श्रमजिवी पत्रकारहरुको हक, हित र अधिकारका लागि निरन्तर पैरवी गर्ने, प्रेस चौतारीमा आबद्ध श्रमजिवी पत्रकारहरुलाई नेपाल पत्रकार महासघंको सदस्यता दिलाउन पहल गर्ने लगाएतको भावी योजना प्रस्तुत गर्नुभयो ।
यस्तै कार्यक्रममा सांगठनिक प्रतिवेदन जिल्ला सचिव संजिब गहतराजले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष गिता अर्यालले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन सर्वसम्मत रुपमा पारित समेत गरिएको छ । यस्तै कार्यक्रममा उपस्थित अतिथीहरुलाई मायाको चिनोले सम्मान समेत गरिएको थियो । जिल्ला अध्यक्ष जानु पाण्डेको अध्यक्षता, उपाध्यक्ष बाबुराम रायमाझीको स्वागत, सचिव संजिब गहतराजको संचालनमा सम्पन्न कार्यक्रममा चौतारीमा आबद्ध सदस्यहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्य, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल, पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य एवं चौतारीका पुर्व अध्यक्ष भेषराज पाण्डे, बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरी, शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी चौधरी, विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी चौधरी लगाएतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०८० मंगलबार ००:००  ८ : ०० बजे