१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

चन्द्रौटामा जनावरको रगत दलेर अपहरणको नाटक



कपिलवस्तु ।
गत चैत १४ गते कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्वर ५ चन्द्रौटा निवासी सुभावती केवटले अजय केवट भनिने झगरु केवटलाई लगाएको आरोप निराधार भएको प्रमाणित भएको छ ।

सुभावतीले झगरु केवट चैत्र १४ बेलुका करिब ७ बजे सुभावतीले झगरु केवटले अपहरण गरी निर्घात कुटपिट गरेको भनेर वडा प्रहरी कार्यालय चन्द्रौटामा निवेदन दिइएकी थिइन ।

घटनास्थलमा चैत १५ गते प्रहरी टोलीले मुचुल्का उठाउने क्रममा तीन पोका रगत भेटिएको र सुभावतीको शरिरमा कुनै पनि चोटपटक नदेखिएकोले उक्त घटना शंकास्पद भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । वडा प्रहरीको सुक्ष्म अनुसन्धान र सुभावतीको बयानले जालसाजी भएको ठहर भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार उनले शरीरमा जनावरको रगत लगाएको खुलेको छ । रगतको रिर्पोट आए लगत्तै उनले प्रहरी समक्ष जग्गा विवादका कारण झगरुलाई फसाउन तीन पोका रगत लगेर सुभावतीले शरीरमा लगाई रोइकराई गरेको स्वीकार गरेकी छिन् ।

आरोपित भनिएका झगरु केवटले आफ्नो चरित्र हत्या भएको र बारम्बार यस्ता किसिमका आरोप लगाउने काम गरिएकाले आफू अन्यायमा परेको बताए । केवटलाई यस अघि ३ पटकसम्म चौकी लगी थुनिएको भन्दै उनले दोषी माथि कडा कारबाही गर्न माग गरेका छन् ।

सुभावतीलाई न्यायका लागी नेकपा एमाले कपिलवस्तु, नेकपा एमाले शिवराज नगर कमिटीले प्रेस विज्ञप्ती निकाली सामाजिक संजालमा भाइरल बनाइएको प्रति केवटले खेद प्रकट गर्दै आफ्नो पार्टीका कार्यकर्ता दोषी ठहर हुँदा कारबाही गर्न माग गर्नुभयो ।

यता केवटले सुभावतीलाई मानहानीको मुद्धा दायर गर्ने र आफूले पाउनुपर्ने जग्गा प्राप्तिका लागि कानुनी प्रक्रियामा जाने बताए ।

प्रकाशित मिति : २५ बैशाख २०८० सोमबार ००:००  ९ : १८ बजे