१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

क्यानडाद्वारा एक चिनियाँ कुटनीतिज्ञलाई देश निकाला



एजेन्सी ।
क्यानडा सरकारले टोरन्टोमा रहेका एक चिनियाँ कुटनीतिज्ञलाई देश निकाला गरेको छ ।

देश निकाला गरिएका चिनियाँ कुटनीतिज्ञ चाओ वेईले आफ्नो संसद्का सदस्यलाई धम्की दिने योजनामा संलग्न रहेको क्यानडाको आरोप छ ।

सांसद माइकल चोङले चीनमाथि मानवअधिकार उल्लङ्घनको आरोप लगाएपछि चीनले हङकङमा चोङ र उहाँका आफन्तलाई उत्पीडन गर्ने प्रयास गरिरहेको समेत आरोप छ ।

क्यानडाका विदेशमन्त्री मेलानी जोलीले एक विज्ञप्ति निकालेर कुटनीतिज्ञ चाओ वेईको आवश्यकता नरहेको बताउनु भएको बीबीसीले जनाएको छ । क्यानडाको राजधानी ओटावामा रहेको चिनियाँ दूतावासले कुटनीतिज्ञलाई निष्काशन गरेकोमा निन्दा गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८० मंगलबार ००:००  १० : २२ बजे