२५ मंसिर २०८०, सोमबार | Mon Dec 11 2023

पाल्पामा झुन्डिएको अवस्थामा दुई शव फेला



पाल्पा ।
पाल्पामा झुन्डिएका अवस्थामा फरक फरक ठाउँमा दुई शव फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी र तिनाउ गाउँपालिकामा सोमबार झुन्डिएको अवस्थामा बेवारिसे दुईवटा शव फेला परेका हुन ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार तिनाउ गाउँपालिका–३, झुम्सामा रहेको खुल्खुले सामुदायिक वन क्षेत्रमा र माथागढी गाउँपालिका-५, को सामुदायिक वनमा अर्को एक शव फेला परेको हो ।

दुवै शवहरू सडेगलेको अवस्थामा फेला परेको तथा पोस्टमार्टम र थप अनुसन्धानका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ । दुवैको पहिचान खुल्न सकेको छैन् ।

प्रकाशित मिति : २६ बैशाख २०८० मंगलबार ००:००  १० : ३६ बजे