१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रधानमन्त्रीको आग्रह



काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन आग्रह गरेका छन् ।

कानुन दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिदै उनले स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन सबै नेपालीलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका हुन् ।

नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।

नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८० मंगलबार ००:००  १० : ५८ बजे