१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

पाकिस्तानका पूर्व-प्रधानमन्त्री इमरान खान लाहोरको आफ्नै घरमा



एजेन्सी ।
पाकिस्तानका पूर्व-प्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ पार्टीका प्रमुख इमरान खान आज बिहान लाहोर पुग्नुभएको छ । उहाँ आफ्नो घर लाहोर पुग्नुभएको हो । त्यहाँ उहाँका समर्थकले स्वागत गरेका छन् ।

इस्लामाबाद उच्च अदालतले हिजो अल–कादिर ट्रस्ट मुद्दामा खानलाई दुई हप्ताको लागि अन्तरिम जमानत दिएको थियो । एक भिडियो सन्देशमा खानले अदालतमा हिजो आफूलाई तीन घण्टासम्म बन्धक बनाएको बताउनुभएको छ । इस्लामाबाद पुलिसले खानले सुरक्षामा सहयोग नगरेको र आफ्नो कार्यको लागि आफू स्वयं जिम्मेवार हुनुपर्ने जनाएको छ ।

भ्रष्टाचारको आरोपमा गएको मंगलबार खान पक्राउ परेपछि देशभर प्रदर्शन तथा हिंसात्मक घटना भएका छन् । प्रदर्शनका क्रममा कम्तीमा १० जनाको ज्यान गएको छ भने दुई हजार भन्दा धेरै मानिस पक्राउ परेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८० शनिबार ००:००  २ : ०८ बजे