१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आमाको दूधमा भएको रसायनले ट्युमरलाई टुक्राटुक्रा पार्ने



एजेन्सी ।
आमाको दूधमा मात्र पाइने एक रसायनले शरीरका ट्युमरलाई ससाना टुक्रा पार्न सक्ने अनुसन्धानबाट पत्ता लागेको छ । यसरी टुक्रा भएको ट्युमरलाई क्यान्सर रोगीहरूले पिसाबमार्फत फ्याँक्न सक्छन् ।

शिशुको विकासका लागि अपरिहार्य आल्फा१एचले स्वस्थ कोषिकालाई हानि नगरिकन ट्युमर नष्ट गरेको देखिएको छ ।

एक अध्ययनमा पिसाबथैलीको क्यान्सरबाट पीडित २० रोगीले आल्फा१एच ६ चोटि मात्र पाउँदा पनि पिसाबबाट ट्युमर फाल्न सकेको पाइयो ।

थप अनुसन्धानमा रोगीहरूले उपचारको दुई घन्टाभित्र खराब कोषिका फ्याँक्न सकेको देखिएको छ ।

आल्फा१एच फ्याट ओलेइक एसिडसँग मिसिएपछि तिनीहरूले क्यान्सरयुक्त कोषिकालाई आत्महत्या गर्न बाध्य बनाउँछन् ।

चेक गणतन्त्रका अनुसन्धानकर्ताहरूले यो केमाको नरम रूप हुन सक्ने बताएका छन् । परम्परागत केमोथेरापीमा कोषिकाहरू विषाक्त हुने र खराब साइड इफेक्ट देखिने हुन्छ ।

औषधि निर्माता ह्याम्लेट फार्मा लिमिटेडले यो रसायनबाट पिसाबथैलीको ट्युमर खुम्चिने अनि रोगीको अवस्था सुध्रिने विषयमा थप परीक्षण गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८० सोमबार ००:००  ७ : ३० बजे