१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

राष्ट्रपति पौडेलले नै बाचन गर्ने भए संसद्‍मा सरकारको नीति तथा कार्यक्रम



काठमाडौं ।
सरकारको वार्षिक नीति तथा कार्यक्रम बाचन गर्न राष्ट्रपति रामचन्द्र पौडेल शुक्रवार संसद् भवन जाने भएका छन् । नीति तथा कार्यक्रम पेश गर्न संसद् भवन जाने कार्यक्रम तय भएको राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले लोकान्तरलाई जानकारी दिए ।

राष्ट्रपति अस्वस्थ रहेका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेका थिए । राष्ट्रपति नआए उपराष्ट्रपतिले नीति तथा कार्यक्रम बाचन गर्नुपर्ने एमालेले अडान राखेको थियो ।

छातीमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गतमहिना भारतमा गएर उपचार गरेका थिए । उपचारपछि आराम गरिरहेका राष्ट्रपति संसदमा आउन नसक्ने अवस्थामा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम बाचन गर्ने सरकारको तयारी थियो ।

गणतन्त्र स्थापनापछि संसद् रहेको समयमा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम बाचन गर्दै आएका थिए ।

जेठ ५ गते संसदमा सरकारका नीति तथा कार्यक्रम पेश गर्ने तयारी छ । नीति तथा कार्यक्रम पारित भएपछि सरकारले जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८० बुधबार ००:००  ३ : ०८ बजे