१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

जेठ १४ मा लुम्बिनी बाणिज्य क्याम्पसको स्ववियु निर्वाचन



बुटवल ।
रुपन्देहीको दोस्रो ठूलो क्याम्पस बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यही जेठ १४ गते हुने भएको छ ।

गत चैत ५ गते निर्वाचन प्रक्रिया सुरु भएपछि सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा ताला लगाएपछि चुनाव हुन सकेको थिएन ।

चुनाव स्थगित भएपछि क्याम्पसका विद्यार्थीहरुले निर्वाचन प्रक्रिया पुनस् सञ्चालन गर्न माग गर्दै अदालतमा रिट निवेदन दिएका थिए ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले वैशाख ११ गतेसम्म स्ववियु निर्वाचनको मिति तोक्न उत्प्रेषणयुक्त आदेश दिएको थियो ।

अदालतको आदेशपछि निर्वाचन समितिले क्याम्पसले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार जेठ ११ गते मनोनयन दर्ता र १४ गते मतदान गर्ने गरी तालिका सार्वजनिक गरिएको निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेले जानकारी दिए ।

क्याम्पसमा चार हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विगतमा नेपाल विद्यार्थी संघको वर्चश्व रहेको यो क्याम्पसमा पछिल्ला स्ववियु निर्वाचनहरुमा एमाले निकट अनेरास्ववियुले जित्दै आएको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८० बिहिबार ००:००  ११ : ३६ बजे