१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

खाद्य र पोषण शिक्षामा कृषिमन्त्री भुसालको जोड



काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले खाद्य र पोषण शिक्षामा जोड दिनुभएको छ ।

विहीबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री भुसालले भन्नुभयो, ‘अधिकांशलाई के खान राम्रो हुन्छ, के खान राम्रो हुँदैन थाहै छैन् । अब पाठ्यक्रममै खाद्य र पोषण शिक्षा राख्नुपर्छ ।’

खाद्य र पोषण शिक्षालाई पाठ्यक्रममा राख्नेबारे आफूले आफ्नो तहबाट छलफल अगाडि बढाएको समेत मन्त्री भुसालले बताउनुभयो ।

खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन बनेको लामो समय हुँदा समेत नियमावली बन्न नसकेको तितो यथार्थ उहाँले सुनाउनुभयो ।

‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन बनेको धेरै भयो । नियमावली बल्ल बन्दै छ । बर्षौसम्म कानुन नबन्नु राम्रो होइन्, यसलाई अगाडी बढाउन जरुरी छ’, मन्त्री भुसालले भन्नुभयो ।

साथै मन्त्री भुसालले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक चाडै पारित गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रियसभाबाट यो विधियेक स्वीकृत भइसकेको र प्रतिनिधिसभामा रोकिन पुगेको भन्दै यसलाई तत्कालै अगाडि बढाउनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८० बिहिबार ००:००  १० : ४५ बजे