२९ असार २०८१, शुक्रबार | Sat Jul 13 2024

आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज चेन्नई र गुजरात भिड्दै



काठमाण्डौ

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो क्‍वालिफायरमा आज चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् ।

खेल चेन्नईमा बेलुका पौने ८ बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्‍नेछ । आज पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । गुजरात साविक विजेता टोली पनि हो । गुजरात १४ खेलमा २० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा र चेन्नई समान खेलमा १७ अङ्कका साथ दोस्रो स्थानमा छ ।

समान १४ खेलमा १७ अङ्क नै रहेको लखनउ सुपर जायन्ट्स तेस्रो र १६ अङ्क रहेको मुम्बई चौथो स्थानमा छ । लखनउ र मुम्बईबीच भोलि एलिमिनेटर खेल हुनेछ । शुक्रवार दोस्रो क्‍वालिफायरमा एलिमिनेटर विजेता र पहिलो क्‍वालिफायरमा पराजित हुने टोलीबीच खेल हुनेछ ।

आईपीएलको फाइनल खेल आइतवार हुनेछ।

प्रकाशित मिति : ९ जेष्ठ २०८० मंगलबार ००:००  १२ : २७ बजे