२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ



काठमाडौं ।
नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुधबार दिउँसो राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री महतोलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

यस्तै, शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पनि पद तथा गोपनीयताको शपथ लिएकी छन्। राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गराए।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा जसपाका सांसद‌द्वय महतो र कुमारीलाई राष्ट्रपति पौडेलले मंगलबार मन्त्री तथा राज्यमन्त्री नियुक्त गरेका थिए।

प्रकाशित मिति : १० जेष्ठ २०८० बुधबार ००:००  ५ : ३९ बजे