७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

लुम्बिनी वाणिज्य क्याम्पसको स्ववियु अध्यक्षमा अखिलका कार्की निर्विरोध



बुटवल ।
बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसको स्ववियु अध्यक्षमा एमाले निकट अनेरास्ववियुका विजय कार्की निर्विरोध निर्वाचित भएका छन् । यसअघि रस्साकस्सीमा गएका संगठनहरु अनेरास्ववियुको नेतृत्वमा सहमतिय नयाँ नेतृत्व छान्न तयार भएका हुन् ।

त्यसैगरी सचिवमा नेविसंघका निराजन खरेल, कोषाध्यक्षमा अनेरास्ववियुका योगेन्द्र रायमाझी र खुला सदस्यमा अनेरास्वयिुका श्रृजन नेपाल, प्रकृति गौतम, प्रकाश पौडेल नेविसंघका भुवनेश्वर अधिकारी, पुनम कुँवर र अनेरास्ववियु क्रान्तिकारीकानिशा बन्जाडे र प्रसुन ज्ञवाली निर्विरोध निवाचित भएका हुन् ।

निर्वाचन अधिकृत सहप्राध्यापक गोपालप्रसाद पाण्डेले दिएको जानकारी अनुसार निर्वाचन तालिकामा जेठ ११ गते दिउसो ११ बजेसम्म प्राप्त उम्मेदारी फारामअनुसार उनीहरुको मात्रै उम्मेदारी परेको थियो । निर्वाचन समितिले निर्विरोध भएका नामावलीबारे १२ गते दिउसो साढे १२ बजेसम्म कसैको दावीविरोध भए पेश गर्न आग्रह गरेको छ ।

१९ सदस्यीय स्ववियु बोर्डमा विद्यार्थी संगठनले गरेको सहमति अनुसार अनेरास्ववियुले अध्यक्ष, कोषाध्यक्षसहित ९, नेविसंघले उपाध्यक्ष, सचिवसहित ६, अखिल क्रान्तिकारी सहसचिवसहित २ विप्लव निकट क्रान्तिकारीलाई २ सदस्य दिनेगरी सहमति भएको अनेरास्ववियुका सरोज पोखरेलले बताए । प्रत्यक्षतर्फको आज टुंगोलागेपछि सोहीअनुसार समानुपातिकको टुंगो लाग्ने छ ।

चैत ५ गते निर्वाचनका लागि नामावली प्रकाशन भएको अवस्थामा अनेरास्ववियुबाहेकका विद्यार्थी संगठनले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि रोकिएको निर्वाचन कार्यक्रा उच्च अदालत तुल्सीपुर बुटवल इजलाजको बैशाख १० मा ३० दिनभित्र निर्वाचन प्रकृयामा लैजान दिएको अन्तरिम आदेशपछि पुनः प्रकृयामा गएको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८० शुक्रबार ००:००  १० : ०८ बजे