बर्दिया ।
२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-५ बस्ने २४ वर्षीय केदारनाथ चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
राजापुर नगरपालिका-३ मुरैयामा ती किशोरीलाई जेठ ८ गते चौधरीले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया