१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

झलनाथ खनालमाथि भएको दुर्व्यवहारको युवा संघ नेपालको आपत्ति



काठमाडौं ।
युवा संघ नेपालले नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालमाथि भएको दुर्व्यवहार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार काठमाडौंको अनामनगरमा राखिएको एक कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालमाथि ज्ञानेन्द्र शाह समर्थक केही युवाहरुले उनी माथि चर्को नाराबाजी गर्दै अभद्र व्यवहार प्रस्तुत गरेका थिए ।

उक्त घटनाप्रति युवा संघ नेपालका महासचिव दिपक जिएमले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेको छन्, ‘पार्टीका सम्मानित नेता खनालमाथि ज्ञानेन्द्र शाहको समर्थक बताउने केही सुण्डमुसुण्डहरुले गरेको अभद्र र अराजनैतिक हर्कतको घोर निन्दा र भन्सर्ना गर्दछौँ ।’

विज्ञप्तिमा थप भनिएको छ, ‘प्रधानमन्त्रीको भारत भ्रमण र भारतीय संसदमा नेपाली भूमि अंकित गरी राखिएको नक्साको सन्दर्भमा वामपन्थीहरुको धारणा तय गरी सुझाव दिने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया तथा छलफलमा छदमभेषमा प्रवेश गरेका ज्ञानेन्द्र शाहको सुण्ड–मुसुण्ड हरुले गरेको अभद्र र अराजनैतिक हर्कतको घोर निन्दा र भत्सर्ना गर्दछौँ ।’

नेपाली जनताको सार्वभौम, स्वतन्त्रता समानताको खातिर समान्तवाद दलाल नोकरशाही विरुद्धको संघर्षमा अविचलित नेपाल कम्युनिस्ट आन्दोलनको अग्रणी नेताहरु माथि हुने यो किसिमको घटनाहरु लाखौं जनताको संघर्ष र वलिदान वाट प्राप्त गणतन्त्र र संविधान माथिको नांगो प्रहार हो, युवा संघ नेपालले ठहर छ ।

साथै जनताले रछ्यानमा मिल्काइसकेको राजतन्त्रले टाउको उठाउन खोजेको प्रति जनसमुदायमा ध्यानाकर्षण गराउँदै त्यसतर्फ सचेत रहन समेत संघले अपील गरेको छ ।

आम जनसमुदायलाई व्यवस्था र आन्दोलनको रक्षार्थ ढृदताका साथ उभिनका लागि आह्वान गर्दै प्रगतिशील, देशभक्त क्रान्तिकारी युवा तथा जनसमुदायमा यस्ता हर्कत तत्काल बन्द नगरे देशभर शसक्त प्रतिकारमा उत्रन समेत हार्दिक आह्वान गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८० बुधबार ००:००  १२ : २१ बजे