८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

जनअपेक्षा पुरा गर्ने तर्फ ध्यान केन्द्रित गर्न प्रतिनिधि सभा सदस्य अधिकारीको आग्रह



कपिलवस्तु ।
नेकपा(एमाले) का केन्द्रिय सदस्य, कपिलवस्तु एन्चार्ज एवम् कपिलवस्तु क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले जनचाहनालाई केन्द्रमा राखेर पार्टी कार्यकर्ताले पार्टी गतिविधी संचालन गर्न आग्रह गर्नुभयो । एमाले कपिलवस्तु इन्चार्ज अधिकारीले पार्टी कार्यकर्तालाई समय सापेक्ष आफूलाई बदल्दै आफ्ना क्रियाकलाप केन्द्रित गर्न जोड दिनु भयो ।

प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले पार्टीलाई चुस्त संचालनका लागि पार्टी अनुशासन जो कोहीले पनि पालना गर्नु पर्नेमा समेत जोड दिनु भयो । नेता अधिकारीले मदन आश्रित स्मृती भवन तौलिहवामा बुधबार नेकपा (एमाले ) कपिलवस्तुको जिल्ला सचिवालय वैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।

वैठकमा एमाले केन्द्रिय कमिटी सदस्य, एवम् कपिलवस्तु सह-इन्चार्ज शुसिल कुमार श्रीवास्तवले कपिलवस्तुबासी एमाले प्रति निकै आशावादी रहेको चर्चा गर्दै जनताको भरोसा पुरा गर्ने दिशातर्फ पार्टी नेता तथा कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनु भयो ।

सम्पन्न वैठकले जिल्ला सचिवालय सदस्यमा कैलाश अग्रहरी, वजरंगी प्रसाद चौधरी र सोमनाथ अर्याललाई चयन गरेको जनाएको छ । वैठकले नयाँ पार्टी सदस्यता प्रदान गर्ने र नवीकरणको कामलाई यहीँ असार ७ गते भित्र सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ । नयाँ पार्टी सदस्यता प्रदानका निम्ति जिल्ला संगठन विभागललाई जिम्मेवारी समेत प्रदान गरेको जनाएको छ ।

सोही वैठकले पार्टीका मोर्चा संगठनको वैठक जेष्ठ २७ गतेका लागि तय गरेको जनाएको छ ।वैठकले संगठन सुदृढीकरण एवम् विस्तार अभियान, स्ववियु निर्वाचन, जिल्लाको समग्र विकास निर्माण, जनअपेक्षा र समसामयिक विषयमा समीक्षा गरिएको एमाले जिल्ला उपसचिव शुसिला दर्लामीले बताउनु भयो ।

सोही वैठकले मदन आश्रित स्मृति पुस्तकालयको ब्यवस्थापनको जिम्मेवारी जिल्ला सचिवालय सदस्य भेषराज पाण्डेलाई प्रदान गरेको छ ।

एमाले जिल्ला अध्यक्ष डम्मर शर्माद्वारा प्रस्तुत वैठकका प्रस्तावहरु सर्वसम्मतले पारित गरेको थियो । वैठकमा क्षेत्रगत प्रतिवेदन जिल्ला सचिव सिवि गहतराज, उपसचिव शुसिला दर्लामी, जिल्ला सचिवालय सदस्य विश्व कार्कीले प्रस्तुत गर्नु भएको थियो ।
वैठक एमाले जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, जिल्ला सचिव सिवि गहतराजको संचालनमा सम्पन्न वैठकमा एमाले नेताहरु कृष्ण प्रसाद पौडेल, मित्रलाल शर्मा, बाबुराम खनाल, द्रोणराज सुवेदी, सफर अलिमिया, आजाज अहमद दर्जी लगायतको आतिथ्यता रहेको एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८० बुधबार ००:००  ९ : २९ बजे