१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

गौतमबुद्ध साझेदारी वनको अध्यक्षमा एमाले निकट प्रवेज विजयी



कपिलवस्तु ।
कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समुहकोे अध्यक्षमा प्रवेज आलम खाँ विजयी भएका छन् । नेकपा एमालेबाट साझेदारी वनको अध्यक्ष पदमा उम्मेदवार बनेका खाँ प्रतिद्वान्दी राम कुमार यादवलाई पराजित गर्दै खाँ निर्वाचित भएका हुन् ।
बुधवार लौटनराम द्रोपदी देवी माध्यमिक विद्यालय गणेशपुरमा भएको वनको पाँचौं साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा खाँ निर्वाचित भएका हुन् ।

गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष तथा हालका अध्यक्षको उम्मेदवार रहेका राम कुमार यादवलाई खाँले पराजित गरेका हुन् । कुल ९८ मतदाता मध्ये प्रबेज आलम खाँले ५२ र राम कुमार यादव ३८ मत प्राप्त गरि १४ मतान्तरले प्रबेज आलम खाँ निर्वाचन भएको अधिकृत गणेश बहादुर अएडी जानकारी दिए ।

त्यस्तै वनको निर्वाचनमा उपाध्यक्ष पदमा सिमा अर्याल निर्वाचित भएकी छन् । उपाध्यक्ष पदमा उम्मेदवार दिएका सिमा अर्याल र सिता यादवले ३६÷३६ मत बराबर भएपछि गोला प्रथाबाट सिमा अर्याल विजयी भएकी हुन् । लुम्बिनी प्रदेश सरकारले जारी गरेको वन ऐन अनुसार ५ वर्षे कार्यकालका लागि साझेदारी वनको चुनाव भएको हो ।

प्रकाशित मिति : १८ जेष्ठ २०८० बिहिबार ००:००  ७ : ४४ बजे