२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

बाणगंगामा एक व्यक्तिले गरे दुई जनाको हत्या



कपिलवस्तु ।
प्रेमिकासंग खटपट परेका पछि कपिलवस्तुको बाणगंगा नगरपालिका – ६ मटेरियामा आक्रोसित एक युवाले आफनै प्रेमिका र काकाको चक्कु प्रहार गरी हत्या गरेका छन्।

बिहीवार बिहान सवा नौ बजेतिर रुपन्देहीको कंचन गाउँपालिका २ का २२ बर्षीय मोहन थारुले प्रेमिका २२ बर्षिया अन्जीन थारु र उनका काका ७० बर्षीय बम बहादुर थारुको चक्कु प्रहार गरी हत्या गरेका हुन्।

चक्कु प्रहार पछि दुबै जना गंभीर घाईते भएका थिए। बम बहादुरको ४ नम्बरमा उपचारको क्रममा र अन्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले बताए। चक्कु प्रहार गर्ने मोहन थारु प्रहरी नियन्त्रणमा छन्। मोहन र अन्जनी बिच प्रेम सम्बन्ध थियो।

दुबै बीच केही बिषयमा बिवाद बढे पछि अन्जीनीले मोहनलाई बेवास्ता गर्दैै आएकी थिईन्। सोही बिषयमा बदला लिन मोहन बिहान आफ्नो घरबाट मटेरिया पुगेका थिए। घटनाको अनुसंधान र सोधपुछ भईरहेको प्रहरी नायब उपरिक्षक घलले बताए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८० बिहिबार ००:००  १२ : ०३ बजे