७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

नेपालीलाई भुटानी बनाएर बिदेश पठाउनु महाअपराध हो : मन्त्री भुसाल



काठमाडौं ।

कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले नेपालीलाई बेच्ने धन्दा गर्नेलाई कानुनी कारबाही हुनु पर्ने बताएका छन् ।

बिहीवार इटहरीको भ्रष्टाचार विरुद्ध रिले अनसनमा बसेका अनसनकारीलाई सम्बोधन गर्दै मन्त्री भुसालले नक्कली भुटानी शरणार्थी मुद्धामा संलग्नलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।

‘नेपालीलाई नक्कली शरणार्थी बनाएर बेच्ने काम अपराध हो । यो मुद्धामा जोडिएका सबै कानुनी कारबाहीको भागिदार हुनुपर्छ मन्त्री भुसालले भने-‘नेपालीलाई भुटानी बनाएर बेच्ने बिदेश पठाउने काम महाअपराध हो ।’

नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेशको मोर्चा संगठनले गत ९ गते देखि इटहरीमा नेपालीलाई भुटानी बनाएर बिदेश पठाउनेलाई कानुनी कारबाहीको माग गर्दै रिले अनशन थालेको थियो ।

बिहीवार मन्त्री भुसालले रिले अनसनकारीलाई सम्बोधन गरेसङ्गै उनीहरुले आन्दोलन स्थगित गरेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८० बिहिबार ००:००  ९ : ५६ बजे