६ असार २०८३, शनिबार | Sat Jun 20 2026

राश्वपाद्वारा सांसद विकास कोष खारेजीका लागि सङ्कल्प प्रस्ताव दर्ता



काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद विकास कोष खारेजीका लागि संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गराएको छ ।

सांसद विकास कोषका लागि बजेट विनियोजन गर्दा राष्ट्रिय ढुकुटी दोहन हुने भन्दै खारेजीका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले सङ्कल्प प्रस्ताव दर्ता गराएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई रकम छुट्याएर बजेटको विश्वसनीयतामाथि नै प्रश्न उठेको जनाएको छ ।

रास्वपाले सङ्कल्प प्रस्ताव दर्ता गराउनुको ६ वटा कारण र औचित्य उल्लेख गरेको छ । अर्थतन्त्र धराशायी भएको अवस्थामा यस्ता विवादित र स्रोतको उचित उपयोग हुन नसक्ने कार्यक्रमबाट राष्ट्रिय ढुकुटीको दोहन मात्र हुने दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले देश विकेन्द्रीकरणको अभ्यासमा गइसकेको अवस्थामा स्थानीय विकास केन्द्रित कार्यक्रम ल्याउनुले स्थानीय सरकारको कार्य सम्पादनमा आशङ्का सिर्जना गरेको देखिने बताएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८० बिहिबार ००:००  ९ : ५९ बजे