१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सुनकोशी नदीमा जीप खस्यो, सिटिइभिटीका तीन कर्मचारी बेपत्ता



काठमाडौं ।
मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ स्थित लौकुनमा जीप दुर्घटना भएको छ । काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप सुनकोशी नदीमा खसेको हो ।

आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएको सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । जीपमा चार जना सवार रहेको र एक जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था अज्ञात रहेको उनले बताए ।

गाडीमा सवार रहेकाहरुको पहिचान हुन सकेको छैन । बेपत्ताहरुको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको उनले बताए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८० शुक्रबार ००:००  १ : २७ बजे