१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

भारतले अनुदानमा दिने राँगाबाट एक लाख भैंसीमा नश्ल सुधार हुनेछः कृषि मन्त्रालय



काठमाडौं ।
भारतले नेपाललाई दिन लागेको राँगोबाट एक लाख भैंसीमा नश्ल सुधार हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच भएको समझदारीमध्ये भारतले नेपाललाई १५ वटा राँगो दिने विषय सामाजिक सञ्जालमा ट्रोल बनेपछि मन्त्रमालयले यसबारे प्रष्ट पारेको हो ।

आइतबार एक सूचना जारी गर्दै मन्त्रालयले नेपालको आग्रहमा उन्नत जाताको मुर्रा प्रजातिको राँगो नश्ल सुधारका लागि अनुदानमा भारतबाट पाइने निश्चित भएको प्रष्ट्याएको हो ।

नेपालले यस अघि पटक–पटक औपचारिक र अनौपचारिक तबरबाट यस्तो राँगो माग गरेको मन्त्रालयले जनाएको छ । नेपालले ५ वर्ष अघिदखि नै नेपालमा भएको नेपाल भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकमा भएको निर्णयानुसार नेपाल सरकारबाट विभिन्न समयमा औपचारिक/अनौपचारिक तवरवाट भारत सरकारसंग ३० वटा उच्च प्रजनन मानका मुर्रा राँगो नेपाल सरकारलाइ उपलव्ध गराउन भएको मन्त्रालयले प्रष्ट्याएको छ । तीन वर्षअघि त लिखित रुपैयाँ राँगो माग गरिएको र १५ वटा उच्च नश्लका मुर्रा जातका पाडाहरु उपलब्ध गराउन भारतले प्रतिबद्धता जनाएको मन्त्रालयको स्पष्टोक्तिमा भनिएको छ ।

अहिले आएर भारतले दिने भनेको राँगो नेपाल सरकारलाइ वस्तुगत सहायता स्वरूप निशुल्क निःशुल्क उपलव्ध मन्त्रालयले जनाएको छ ।

यसरी प्राप्त राँगाहरुलाइ पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालयहरु (पोखरा, नेपालगञ्ज र लाहान) मा व्यवस्थापन गरि उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी कृषकलाई कृत्रिम गर्भाधान कार्यको लागि उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । यी राँगाहरुवाट ३ वर्ष पश्चात वार्षिक कम्तीमा १ लाख ५ हजार लाख डोज वीर्य उत्पादन भइ कम्तीमा १ लाख भैसीमा कृत्रिम गर्भाधान गराइ नश्ल सुधार गरिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८० आइतबार ००:००  ३ : ५५ बजे