१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

रास्वपा कपिलवस्तु क्षेत्र नं १ मा ५ जना विजयी



कपिलवस्तु ।
राष्ट्रिय स्वतन्त्र पार्टीको कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा बाणगंगाका मेडिकल व्यवसायी बिक्रम थापा निर्वाचित भएका छन् ।

पार्टीको मुलुकका १६५ निर्वाचन क्षेत्रमा भएको आन्तरिक निर्वाचनमा क्षेत्र नम्बर एकमा थापाले बाजी मारेका हुन् । ८ जनाको उम्मेदवारी दर्ता भएकामा थापाले सबैभन्दा धेरै १ सय ८५ मत ल्याएका थिए । केहि समयअघि रास्वपामा प्रवेश गरेका थापा २५ बर्षदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत छन् । यस्तै सोही निर्वाचन क्षेत्रमै रामकला बस्याल १८१ मतसहित दोश्रो हुँदै विजयी भएका जिल्ला सभापति शिव कुमार सुवेदीले जानकारी दिए ।

थापा र बस्यालसहित शुद्धोधन गाउँपालिकाका सञ्जुसिंह बिष्ट र मायादेवी गाउँपालिकाका नवीन कुमार चौधरीले समान १७३ र बाणगंगाका हेमन्त कुमार श्रेष्ठ १६८ मत ल्याएर विजयी भएका छन् ।

विधानमा ५ जना चयन हुनपर्ने उल्लेख छ । प्रतिस्पर्धामा युवा नेता सुशील खत्री, देवीलाल कंडेल र गोबिन्द घिमिरे रहेका सुवेदीले बताए । उनीहरु पराजित भएका छन् ।

सर्वाधिक मत ल्याएका थापाले अब संगठनलाई बलियो बनाएर जाने बताए । आफूलाई मत दिने सबैलई धन्यबाद दिँदै उनले आगामी दिनमा कपिलवस्तु रास्वपा बलियो हुने समेत दावी गरे ।

कसले कति मत ल्याए ?

प्रकाशित मिति : २२ जेष्ठ २०८० सोमबार ००:००  ९ : ४३ बजे