१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

देशैभर अझै केही दिन तापक्रम बढ्ने



काठमाडौं ।
केही दिन यता देशैभर बढेको गर्मीको पारो अझै केही दिन निरन्तर रहने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी बिहिबारसम्म मौसम परिवर्तन हुने संभावना नदेखिएको जनाएको छ ।

काडमाडौं उपत्यकामा सोमबार दिउँसो अधिकतम ३३ डिग्री सेल्सियससम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण छ ।

यस्तै, तराईका अधिकांश स्थानमा तापक्रम ४० डिग्री माथि पुग्ने छ । जनकपुर, विराटनगर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत क्षेत्रमा तापक्रम ४१ डिग्री माथि पुग्ने अनुमान गरिएको छ ।

तापक्रम अत्यधिक बढेका कारण तराइमा तातो हावा चल्ने र लु लाग्ने संभावना बढेको पनि जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गर्मी बढेपछि तराईका जिल्लाहरुमा गत सातादेखि नै विद्यालयहरु बन्द गरिएका छन् भने चहल पहल पनि निकै घटेको छ ।

आगामी विहिबारपछि मात्रै मौसम बदली हुने संभावना रहेको विभागको भनाई छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८० सोमबार ००:००  ९ : ५० बजे