४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

पुनः लुम्बिनी विकास कोषको उपाध्यक्ष हुन शक्ति केन्द्र धाउँदै भिक्षु मेत्तय



काठमाडौँ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी (भिक्षु मेत्तय) को कार्यकाल सकिनै लाग्दा शक्तिकेन्द्रका ढोकाढोकामा पुग्न थालेका छन् । उनको कार्यकाल सकिन अब एक महिना बाँकी छ । एक महिना पहिलेबाटै शक्तिकेन्द्रका ढोकामा पुग्न थालेको स्रोतले बतायो ।

कार्यकालभरी विवादित बनेको उपाध्यक्ष त्रिपाठी पुनःनियुक्तिको लागि राजनीतिक नेतृत्वदेखि बिचौलिया बोकेर हिडिरहेका कोषका एक अधिकारीले बताए । उनी काठमाडौँमा डेरा जमाएर बसेका छन् ।

त्रिपाठीले लुम्बिनी क्षेत्रको विकासको लागि भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि प्रधानमन्त्री प्रचण्डसम्म झुटा योजना पु¥याएका छन् । स्रोतका अनुसार त्रिपाठीले आफूलाई दोहो¥याए २७ अर्बको परियोजना ल्याउन भन्दै प्रधानमन्त्री प्रचण्डसम्म पु¥याएका छन् । उक्त परियोजना प्रधानमन्त्रीले भने अनुसार नै लगानी गर्ने भन्दै माओवादी नेताहरुलाई बताउन थालेका छन् ।

कोषका एक अधिकारीका अनुसार ‘यो सरासर झुटा हो, गुरुयोजनाको अहिलेसम्मको कार्य सम्पदान र अनियमितता कारण दाताहरु सन्तुष्ट छैनन् । त्रिपाठीले आफू दोहोरिन यस्ता झुटा योजना बाँडिरहेका छन् ।’

“त्रिपाठीजीले लुम्बिनीको गुरुयोजना सम्पन्न गर्ने र त्यहाँ भित्र प्रधानमन्त्रीले भने अनुसार वा प्रधानमन्त्रीकै नाममा नयाँ परियोजना संचालन गर्न सकिने कुरा ल्याउनुभएको छ, उहाँका केही विवादित कुरा पनि आएका छन् । त्रिपाठीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानमा मुद्धा चलिरहेको छ । अब उहाँको कुरालाई विश्वास मान्न सकिँदैन” प्रधानमन्त्री निकट स्रोतले भन्यो ।

त्रिपाठीले आफू दोहोरिन बौद्ध धर्मसम्बन्धी अन्तर्राष्ट्रिय संस्था र भिच्छुहरुलाई पनि लविङमा लगाएको स्रोतको दाबी छ । तर, ती संस्थाहरुले पनि अहिलेसम्मका नेतृत्वमा सबैभन्दा बढी विवादित भएकोले त्रिपाठीलाई दोहो¥याउन पहल नगर्ने बताएका छन् ।

त्रिपाठीविरुद्ध २५ आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उजुरीमा उपाध्यक्ष त्रिपाठीले नियम विपरित कसाई होटललाई थप जग्गा दिएको, मायादेवि मन्दिर परिसर वरिपरिको पोखरीका जीवजन्तुलाई (अजिंगर लगायत) नष्ट गरी त्यहाँ बनिसकेको पोखरीमा २२ करोडको ठेक्का दिएको भन्दै रकमको अपचलन गरेको आरोप लागेको छ ।

कोष परिसरभित्र नविकरण नभएका संघसंस्थाहरुलाई कामको जिम्मेवारी दिएको र नियम विपरित सभा हल निजी कम्पनीलाई दिने प्रक्रिया अगाडि बढाएको, लुम्बिनी विकास कोष परिसरको महायान पोखरीमा गुरु योजना विपरित अनधिकृत ढंगबाट बुद्ध मुर्ति बनाउन दिएको, रसियन लगायत विभिन्न प्लटहरु बदनियतपूर्ण आफुखुसी वितरण गरेको, सोके जापान लगायत सम्झौताहरुको समयसीमा भित्र काम पुरा नगरेको भनेर सम्झौता खारेज गरेको, गुम्बा तथा भौतिक संरचनाका लागि गरिएका थुप्रै संस्थाहरुसँगको सम्झौताहरु अनिश्चितकालका लागि आफूखुसी समयमाबधि बढाउँदै आरोप लागेको छ ।

एक अधिकारीका अनुसार विकास कोष विगार्ने उनी अन्र्तराष्ट्रिय भाइरस र माफिया नै हुन् । विदेशी शक्तिको आडमा उनले आफ्नो स्वार्थ पुरा गरिरहेका छन् । विदेशी शक्तिकै आडमा उनले ठुला ठुलो नेतालाई समेत प्रभावित पार्न सफल भएका छन् ।

उपाध्यक्ष त्रिपाठीले मनपरी ढंगले कार्य थालेपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साँचो देखाउँदै कोषलाई १३ बुँदे स्पष्टिकरण सोधेको थियो । कोषका सदस्य सचिव सानुराज शाक्यले जवाफ पठाइसकेको जानकारी दिए ।

यस्तो थियो मन्त्रालयको स्पष्टीकरणः

त्रिपाठीविरुद्ध यस्ता छन् २५ आरोप

१) लुम्बिनी विकास कोष परिसरको महायान पोखरीमा गुरु योजना विपरित अनधिकृत ढंगबाट बुद्ध मुर्ति बनाउन दिएको ।

२) रसियन लगायत विभिन्न प्लटहरु बदनियतपूर्ण आफुखुसी वितरण गरेको ।

३) सोके जापान लगायत सम्झौताहरुको समयसीमा भित्र काम पुरा नगरेको भनेर सम्झौता खारेज गरेको, तर अरु गुम्बा तथा भौतिक संरचनाका लागि गरिएका थुप्रै संस्थाहरुसँगको सम्झौताहरु अनिश्चितकालका लागि आफूखुसी समयमाबधी बढाउँदै लगेको ।

४) नियम विपरित कसाई होटललाई जग्गा थप प्लट दिएर रुमहरु बनाउन दिएको ।

५) मायादेवी मन्दिर परिसर वरिपरिको पोखरीका जीवजन्तुलाई (अजिंगर लगायत) नष्ट गरी त्यहाँ बनिसकेको पोखरीमा

२) करोडको टेन्डर निष्काशन गरी रकमको अपचलन गरेको ।

६) लुम्बिनी विकास कोष परिसर भित्र नविकरण नभएका विभिन्न संघसंस्थाहरुलाई कामको जिम्मेवारी दिएको ।

७) नियम विपरित सभा हल निजी कम्पनीलाई दिने प्रक्रिया अगाडी बढाएको ।

८) २५ वर्षका लागि म्युजियम (संग्राहलय) लिजमा निजी कम्पनीलाई दिएको, उक्त संस्थाबाट प्राप्त हुने आम्दानीको विवरण हालसम्म उपलब्ध नगराएको ।

९) तीन अरबको नयाँ ठेक्का नीति विपरित आफन्तलाई दिने प्रक्रिया अगाडी बढाएको ।

१०) कोष भित्र ८ अरब बराबरका विभिन्न निर्माण कार्यहरु भइरहेका, तर कुन–कुन निर्माण कम्पनीलाई कुन विधि र प्रक्रिया अपनाई ठेक्का दिएको हो रु सो को जानकारी सम्बन्धित निकायलाई नदिएको ।

११) मोटर बोट सञ्चालन ठेकेदारको चाहना अनुसार दिएको ।

१२) वल्र्ड बैंकबाट प्राप्त सवारी साधनहरु दुरुपयोग भइरहेको ।

१३) महालेखाको निर्देशन विपरित कोषलाई आफन्तको भर्ति केन्द्र बनाएको ।

१४) मन्दिर जाने बाटोको ‘कफी सप’ विना प्रक्रिया आफन्तलाई दिएको ।

१५) ६ अर्व बजेट हिनामिना बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चलिरहेको मुद्धाको वेवास्ता गरी डे«नेज र बाटो निर्माणको लागि आएको बजेट सार्वजनिक खरिद ऐन विपरित ठेक्कामा लगाएको ।

१६) सिसि क्यामेराको दुरुपयोग भईरहेको ।

१७) लुम्बिनी सोसल सर्भिस फाउन्डेसनसँग उपाध्यक्षको संकास्पद ढंगको संलग्नता रहेको ।

१८) करुणा गल्र्स स्कुल लगाएतका संरचना र सम्पत्ति नीजि स्वामित्वमा राखि दुरुपयोग गरेको ।

१९) क्रेन (सारस चरा) फाउन्डेसनको मनपरी ढंगबाट दुरुपयोग गरेको ।

२०) महाकरुणामय अस्पताल सञ्चालनमा नल्याई दाताहरुले दिएको रकम हिनमिना गरेको ।

२१) लुम्बिनी सोसल सर्भिस फाउन्डेसन नविकरण नगरि दाताहरुको रकम हिनमिना गरेको ।

२२) उपाध्यक्ष आफैले बोधी ईन्स्टिच्युटका विद्यार्थीहरुलाई चिबर खोल्न बाध्य बनाई भिच्छुका शिष्यहरुलाई विद्यालयबाट निकाला गरी अलपत्र पारेको ।

२३) लुम्बिनी विकास कोषलाई विभिन्न दाताहरुले दिएको रकम हिनामिना गरेको, कर्मचारी तथा परामर्श दाताहरुको कुनै विवरण नभएको ।

२४) यसका उपाध्यक्षले गरिमामय पदको दुरुपयोग गरी एक क्यानेडियन पूर्वी गुम्बाको प्रमुखका रुपमा कार्यरत रहि मासिक तलब बुझ्ने गरेको ।

२५) उपाध्यक्षले दाताहरुको रकम दुरुपयोग गर्दै परिवार र आफन्तको नाममा जग्गा जमिन, भवन संरचना आदि व्यक्तिगत स्वामित्वमा राखेको । अनलाइन डबलीबाट

प्रकाशित मिति : ३० जेष्ठ २०८० मंगलबार ००:००  ११ : २६ बजे