४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

गौतम बुद्ध विमानस्थललाई हवाई रुट दिन भारत सकारात्मक’



काठमाडौं ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई रुट दिन भारत सकारात्मक रहेको बताएका छन् ।

मंगलबार योग दिवसका अवसरमा लुम्बिनीमा आायोजित कार्यक्रममा बोल्दै उनले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई रुट दिन भारत सकारात्मक रहेको बताएका हुन् ।

उनले भने, ‘हवाई रुटबारे छलफल सकारात्मक दिशामा अघि बढिरहेको छ । छलफलको नतिजा पनि सकारात्मक नै आउने छ भन्ने आशा गरेको छु।’

दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको बताउँदै भारतले त्यही अनुसार काम गरिरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ५ असार २०८० मंगलबार ००:००  ११ : ४९ बजे