४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

अन्तर्राष्ट्रिय गीत बजाएर विप्लवले रोपे धान



काठमाडौँ ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अन्तर्राष्ट्रिय गीत बजाएर धान रोपेका छन् । काठमाडौँको ललितपुरको हरिसिद्धिमा नेता कार्यकर्ता भेला गरेर उनले सामूहिक रूपमा धान रोपेका हुन् ।

कपिलवस्तु र ललितपुर बराबर बस्दै आएका विप्लवले दुबैतिर नेता कार्यकर्ता खटाएर कम्युन चलाउँदै आएका छन् । उनीहरुले कपिलवस्तुको शिव गढीमा धान, गहुँ, मकै, तरकारी लगायत खाद्यन्नबालीका साथै खसी, कुखुरा, माछा लगायत पशुपक्षी पालेका छन् ।

यस्तै ललितपुरको हरिसिद्धिमा धान, गहुँ र तरकारी खेती गर्ने गरेको एक नेताले बताए । ‘हामी आफूलाई खाने सबै धान, गहुँ, तरकारी, माछा मासु आफैँ उत्पादन गर्छौँ’ ती नेताले भने, ‘मागेर चन्दा लिने भन्दा उत्पादन संस्कृतिको विकास गर्न खोजेका छौँ ।’ विप्लवले हरेक दिन खेतबारीमा कुनै न कुनै रूपमा श्रम गर्ने गरेको ती नेताले बताए ।

प्रकाशित मिति : ६ असार २०८० बुधबार ००:००  ३ : ३० बजे