४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सरकारसँग चन्द्र भण्डारीको माग– ‘क्रिकेट मैदान त बनाइदेऊ’



काठमाडौं ।
नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले क्रिकेट मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा सांसद भण्डारीले वर्षौँदेखि एउटा क्रिकेट मैदान बन्न नसकेको उल्लेख गर्दै आवश्यक क्रिकेट मैदान बनाउनका लागि बजेटको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको हो । उहाँले देशलाई पहिचान दिने खेल क्षेत्रको विकासका लागि खेल मैदान बनाउने कुरामा खुलेर अघि बढ्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘क्रिकेट मैदान त बनाइदेऊ । कति वर्षसम्म एउटा मैदान बनाउँदैछौँ भन्छौँ रु एकैचोटि बनाइदिउँ न । हामीलाई पहिचान दिएको क्रिकेटका लागि बजेट छुट्याइदिउँ न ।’

भण्डारीले नेपालको अग्रगतिका लागि खेलकुद विश्वविद्यालय, हिमालसम्बन्धी विश्वविद्यालय बनाउन आवश्यक रहेको पनि बताउनुभयो । उहाँले बुद्धको जन्मस्थल लुम्बिनीमा हजारौँ शय्याको अस्पताल बनाउन सके विश्वभरका बौद्धमार्गीहरू बच्चा जन्माउनका लागि नेपाल आउने सम्भावनातर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भण्डारीले समयअनुसार चल्न नसक्दा नेपाल पछि परेको पनि बताउनुभयो । उहाँले हाम्रा अर्गानिक खेतीलाई निरन्तरता दिन सकेमात्रै पनि नेपाल अघि बढ्ने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : ६ असार २०८० बुधबार ००:००  ४ : ०७ बजे