४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

एक वर्षभित्र महाधिवेशन गर्छौं : लामिछाने



काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने बताएका छन् । पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा उनले एक वर्षभित्र महाधिवेशन गर्ने कुरामा अडिग रहेको बताए ।

‘कुनै अप्ठ्यारो परिस्थिति सिर्जना नभए एक वर्षभित्र महाधिवेशन गर्छौँ । संगठन विस्तारका धेरै कामहरु छन् । समय बाँकी छैन ।

प्राथमिकताका कुरालाई क्रमशः क्रम संख्यामा राखेर अगाडि बढ्छौं ।’ विधि र विधान भन्दा बाहिर नगएर सम्पूर्ण कार्य गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ७ असार २०८० बिहिबार ००:००  १ : २६ बजे