११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

माओवादीसँग एकता गर्न औपचारिक जवाफको प्रतीक्षामा छौँः गंगानारायण श्रेष्ठ



काठमाडौँ ।
नेपाल समाजवादी पार्टीका सहअध्यक्ष एवम् बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले माओवादी केन्द्रसँग एकता गर्न औपचारिक जवाफको प्रतीक्षामा रहेको बताएका छन् । बिहीबार काठमाडौँमा पत्रकारहरूसँगको कुराकानीमा श्रेष्ठले माओवादीसँग पार्टी एकता गर्न राखेको प्रस्तावको जवाफ कुरेको बताए ।

नेसपाले माओवादी केन्द्रसँग पार्टी एकता गर्न ८ बुँदे औपचारिक प्रस्ताव पठाएको थियो । तर, त्यसको जवाफ माओवादीले आगामी २३ गतेको केन्द्रीय समिति बैठकपछि दिने श्रेष्ठले बताए । नेसपाले एकतापछि पार्टी नेतृत्व कसरी गर्ने, पार्टीको नाम के राख्ने, विचार सिद्धान्त, कार्यदिशा, सङ्गठनात्मक संरचना लगायतका विषयमा प्रस्ताव गरेको थियो ।

‘नेसपा र माओवादी केन्द्रबीच वार्ता समिति बनाएर पटक पटक संवाद गरेर नेसपाको तर्फबाट लिखित रूपमा एकता गर्न आधार प्रस्ताव पेश गरेका छौँ । हामीले पठाएको एकताको आधार प्रस्तावको औपचारिक जवाफको प्रतीक्षामा छौँ । यो असार २३ गते केन्द्रीय समिति बैठक बस्दै हुनुहुन्छ । पार्टी केन्द्रीय समिति बैठकबाट औपचारिक रूपमा जवाफ दिन्छौँ भन्नु भएको छ’ श्रेष्ठले भने, ‘उहाँहरू ९माओवादी केन्द्र० ले जवाफ कहिले दिनुहुन्छ त्यसको प्रतीक्षामा छौँ । उहाँहरूको जवाफ आएपछि पार्टी एकताको ठोस निर्णय गरेर अगाडि बढ्ने छौँ ।’

पार्टी एकतालाई मोर्चा निर्माणले कुनै असर नगर्ने श्रेष्ठले दाबी गरे । ‘यो मोर्चाले पार्टी एकतालाई अवरोध गर्छ कि रु पार्टी एकताको प्रक्रिया अन्त्य गर्छ कि भन्ने आशङ्का छन्’ श्रेष्ठले भने, ‘मोर्चा र पार्टी एकता भिन्न कोर्स हो । माओवादी केन्द्रीय समिति बैठकले जवाफको प्रतीक्षामा छौँ ।’ माओवादी केन्द्रीय समिति बैठक सकिएपछि पार्टी एकताको विषय किनारा लाग्ने श्रेष्ठले बताए ।

समाजवादी मोर्चा सत्ता टिकाउने अस्त्र बन्न नहुने श्रेष्ठले बताए । ‘मोर्चाले समाजवादको आधार निर्माण गर्न काम गर्छ कि गर्दैन रु यसमा नेपाली जनताले प्रतीक्षा गरेका छन्’ उनले भने, ‘यो मोर्चा अहिलेकै सरकार टिकाउनका निम्ति गणितीय खेलमा मात्रै प्रयोग भए सुखद हुँदैन ।’ मोर्चामा आफूहरू छुटेको विषयमा थप टिप्पणी गर्न उपयुक्त नहुने श्रेष्ठले जिकिर गरे ।

प्रकाशित मिति : ७ असार २०८० बिहिबार ००:००  १ : ३१ बजे