१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अब मल अभाव हुँदैन : प्रधानमन्त्री



काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतको जस्तो मल अभाव हुने अवस्था नरहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको भन्दै यो वर्ष धान बालीका लागि मल अभाव नहुने बताएका हुन् ।

‘गत साउनदेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको छ । यो महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिकटन मल भित्रिने छ । विगतको जस्तो मल अभाव हुने अवस्था छैन,’ उनले भने । साथै उनले हाल ७१ हजार मेट्रिक टन मल मौजाद रहेको जानकारी दिए ।

प्रकाशित मिति : ८ असार २०८० शुक्रबार ००:००  २ : ४४ बजे