१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बुद्धभूमिको बजेट १ अर्ब १८ करोड बराबरको, यस्ता छन् प्राथमिकताका क्षेत्र



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आगामी आवका लागि रु. १ अर्ब १८ करोड २२ लाख बराबरको बजेट ल्याएको छ ।

नगरपालिकाको १३ औं नगरसभाले आगामी आव २०८०/८१ का लागि उक्त बजेट ल्याएको हो ।

नगरपालिकाकी उपप्रमुख मिरा थारुले भौतिक पूर्वाधार विकास समिति तर्फ रु. २३ करोड, आर्थिक विकास समिति तर्फ रु १ करोड १९ लाख ५ हजार, सामाजिक विकास समिति तर्फ रु ७ करोड ३० लाख, बन बतावरण तथा विपद् ब्यवस्थापन समिति तर्फ रु १ करोड ४६ लाख ६८ हजार बराबरको बजेट नगरसभामा समक्ष प्रस्तुत गरिन् ।

गौरवका योजनामा निरन्तरता तथा अधुरा योजनाहरु पूरा गर्न उच्चतम जोड, सामाजिक, आर्थिक तथा भौतिक पुर्वाधारहरु निर्माणसंगै गुणस्तरीयतामा वृद्धि, कृषि तथा पशु विकासको आधुनिकिकरण, व्यवसायीकरण र बजारीकरणलाई मुख्य प्राथमिकता दिएर बजेट सार्वजनिक गरिएको नगर प्रमुख केशवकुमार श्रेष्ठले बताए ।

गुणस्तरीय आर्थिक, सामाजिक, भौतिक पूर्वाधारहरुको निर्माणद्धारा ‘समृद्ध बुद्धभूमि र सुखी बुद्धभूमि’ भन्ने मुल नाराका साथ नगरपालिकाका प्रमुख श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उत्पादकत्व अभिवृद्धि गर्ने, आन्तरिक रोजगारी प्रवद्र्धन र श्रमको सम्मानमा जोड दिने विषय उल्लेख छ ।

त्यस्तै विपदको सम्बोधन र स्वास्थ्य क्षेत्रको सुधारमा जोड दिने, सामाजिक सुरक्षा तथा संरक्षणको प्रत्याभूति दिलाउने, नगर गौरवका योजना, अधुरा तथा निरन्तर योजनालाई प्राथमिकता दिने, सुशासन अभिवृद्धि गर्ने र समन्वय तथा साझेदारी प्रवद्र्धन गर्ने उद्देश्यसहित नीति तथा कार्यक्रम सार्वजनिक भएका छन् ।

प्रकाशित मिति : ९ असार २०८० शनिबार ००:००  ४ : २७ बजे