१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रिहा भए बाणगंगा १० का वडाध्यक्ष पोख्रेल



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. १० का वडाध्यक्ष यमप्रसाद पोख्रेल रिहा भएका छन् । शुक्रबार पोख्रेललाई डिभिजन वन कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएर आफ्नो थुनुवा कक्षमा राखेको थियो ।

पोख्रेललाई डिभिजन वन कार्यालयले सुकुम्बासीको पक्षमा वकालत गरेकै भरमा नियन्त्रणमा लिएर थुनुवा कक्षमा राखेको हो ।

डिभिजन बन कार्यालयका प्रमुख विजयराज सुबेदीले जनता र वन कर्मचारीबीच विवाद बढेको थाहा पाएर घटनास्थल पुगेका थिए । सोही घटनामा वडाध्यक्ष पोखरेललाई सकुम्वासीको पक्षमा वकालत गरेको भन्दै बिना कारण बनरक्षक लगाई पक्राउ गरेर जिल्ला वन कार्यालय थुनुवा कक्षमा लगेका थिए ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल, नगर प्रवक्ता विष्णु प्रसाद पौडेल, वडा नंं. ११ का वडाध्यक्ष नरेन्द्र प्रसाद चौधरी तौलिहवास्थित डिभिजन वन कार्यालयमै गई सहमति गरेपछि पोख्रेल रिहा भएका हुन् ।

प्रकाशित मिति : ९ असार २०८० शनिबार ००:००  ९ : १५ बजे