५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

पाँच वर्ष यो गठबन्धन केही हुने छैनः प्रधानमन्त्री प्रचण्ड



धादिङ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै गठबन्धनको सरकार पाँच वर्ष चल्ने जिकिर गर्नुभएको छ । धादिङको गजुरीमा रहेको आदर्श बहुमुखी क्याम्पसको नवनिर्मित भवनको सोमवार उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धन नै पाँच वर्ष रहने दाबी गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘अहिले कताकता यो सरकारको आयु कति भनेर मिडियामा हुने–नहुने चर्चा चल्ने गरेको छ । पाँच वर्ष यो गठबन्धन केही हुने छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ ।’

१८ औँ शताब्दीमा कार्ल मार्क्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ भन्ने नसोची तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ भनेको स्मरण गर्दै प्रधानमन्त्रीले अहिले पनि आफू दुनियाँले के भन्छ भन्नेभन्दा पनि राम्रो काममा ध्यान दिने गरेको बताउनुभयो ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भए पनि राम्रो गरेको देखी नसहने नकारात्मक प्रवृत्ति हावी भएको उहाँले बताउनुभयो । आफूले देश र नागरिकका पक्षमा राम्रो गर्दै जाने बताउँदै नागरिकका पक्षमा गरेका कामको नागरिकले नै फैसला गर्ने उहाँको भनाइ थियो ।

प्रकाशित मिति : ११ असार २०८० सोमबार ००:००  ७ : ४३ बजे