३० भाद्र २०८१, आइतबार | Mon Sep 16 2024

लुम्बिनीका ४ स्थानीय तहले ल्याउन सकेनन् बजेट



बुटवल ।
आन्तरिक विवादका कारण लुम्बिनी प्रदेशका ४ स्थानीय तहले बजेट ल्याउन सकेनन् ।

रूपन्देहीका ३ वटा पालिका र रोल्पाको १ पालिकामा बजेट बाँडफाँटको विषयमा सहमति जुट्न नसकेपछि आइतवार बजेट रोकिएको हो ।

रूपन्देहीका दक्षिणी क्षेत्रका रोहणी, कोटहीमाई र सम्मरीमाई गाउँपालिका र रोल्पाको गंगादेव गाउँपालिकाले आइतवार बजेट ल्याउन सकेनन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले सोमवार बजेट सार्वजनिक गरेको छ ।

असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय ९बजेट० को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ । लुम्बिनी प्रदेशमा १०९ स्थानीय तह छन् । जसमध्ये ४ वटा उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका छन् ।

प्रकाशित मिति : ११ असार २०८० सोमबार ००:००  ७ : ५६ बजे