४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय



काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद कृष्णकुमार (किसान) श्रेष्ठले जानकारी दिए ।

‘बजेटको पक्षमा मतदान गर्ने निर्णय भयो र त्यसका लागि दलका नेताले हिवप जारी गर्नुभएको छ’, श्रेष्ठले बताए । यसअघि सो पार्टीका नेताहरुले बजेट असन्तुलित आएको भन्दै शंशोधन नगरे बजेटको विपक्षमा मतदान गर्ने बताउँदै आएका थिए । यसअघि सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि आफ्ना सांसदलाई बजेटको

पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बजेटबारे प्रधानमन्त्री मातहतका मन्त्रालयको जवाफपछि आर्थिक बर्ष २०८०/०८१ का लागि विनियोजित बजेट परित गरियोस् भन्ने प्रस्ताव पेश हुदैछ ।

प्रकाशित मिति : १३ असार २०८० बुधबार ००:००  १२ : ३२ बजे