४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

लुम्बिनीका दुई मन्त्रालयका नाम फेरिए



शिवलाल सुवेदी, बुटवल ।
लुम्बिनी प्रदेश सरकारले दुई मन्त्रालयको नाम फेरेको छ । बुधवार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय र आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर अर्थ मन्त्रालय बनाउने निर्णय गरेको लुम्बिनी सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोष कुमार पाण्डेले जानकारी दिए ।

त्यस्तै बुधवारको मन्त्रिपरिषद बैठकले करार कर्मचारी व्यवस्थापन कार्यविधि २०८० को पहिलो संसोधन गर्ने निर्णय गरेको छ । बैठकले लुम्बिनी प्रदेशको स्वामित्वमा रहेको राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरलाई २ सय बेडको अस्पताल बनाउने गरी कर्मचारी व्यवस्थापन (ओएनएम) को स्कृति प्रदान गर्ने निर्णय गरेको हो ।

लुम्बिनी सरकारले आर्थिक वर्ष २०७८/७९को ससर्त अनुदान तर्फको दायित्व भुक्तानीको समेत स्वीकृत गरेको छ । सरकारले केही दिन अगाडि दाङको दंगीशरण गाउँपालिकामा चट्याङ लागेर मुत्यु भएका दुई जना र बर्दियामा एक वर्ष अघि गोली लागेर ज्यान गुमाएकी विद्यार्थी नविना थारुलाई प्रदेश सरकारको तर्फबाट जनही एक ∕एक लाख राहात रकम उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता पाण्डेले वताए ।

प्रकाशित मिति : १३ असार २०८० बुधबार ००:००  ८ : १७ बजे