४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा ठूलो वर्षाको सम्भावना



काठमाडौं ।
आज मधेस प्रदेशसहित धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

गण्डकी, लुम्बिनी र कर्णालीका एकरदुई ठाउँमा भने ठूलो पानी पर्ने मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार दिउँसो धेरैजसो ठाउँमा हल्कादेखि मध्यम तथा गण्डकी, लुम्बिनी र कर्णालीका एक/दुई ठाउँमा ठूलो वर्षा हुनेछ । यस्तै, राति गण्डकी र लुम्बिनीका एक/दुई ठाउँमा ठूलो वर्षाको अनुमान छ ।

ठूलो वर्षा हुने क्षेत्रमा बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद् झाको आग्रह छ । यस्तै, तराईका जिल्लामा आज पनि हावाहुरी चल्ने अनुमान छ । तराईका जिल्लामा केही दिनयता हावाहुरी चलिरहेको छ ।

प्रकाशित मिति : १४ असार २०८० बिहिबार ००:००  ८ : ५० बजे