१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

नेपालगञ्जमा सामूहिक रूपमा पढियो नमाज



नेपालगञ्ज ।
मुस्लिम धर्मावलम्बीको ठूलो पर्वमध्येको एक बकर ईदमा सामूहिक रूपमा नमाज पढिएको छ।

नेपालगञ्जको बिपीचोकस्थित मस्जिदमा नमाज पढिएको हो।

नेपालगञ्ज आसपासबाट आएका ठूलो संख्याले सामूहिक नमाज पढ्दा भित्र नअटेर बाटोमा समेत बस्ने गर्दछन्।

रमजानको ७० दिनमा पर्ने बकर ईदमा बली दिने गरिन्छ। बली दिएको मासुलाई तीन भाग बनाएर एक भाग गरिब, विपन्न, अर्को भाग आफन्ती र तेस्रो भाग आफूले खाने गर्दछन्।

बिहान सामूहिक नमाज पढेपछि एक अर्कामा अंगालो हालेर शुभकामना साटासाट गरिएको छ।

यसरी शुभकामना दिन नेपालगञ्जका मेयर प्रशान्त विष्टलगायत नेताहरू बिपीचोक पुगेका थिए।

सरकारले बकर ईदमा आज सार्वजनिक बिदा दिएको छ।

प्रकाशित मिति : १४ असार २०८० बिहिबार ००:००  १० : २८ बजे