१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

अरुण पाण्डेय बने निजी प्राविधिक शिक्षालय महासंघको केन्द्रीय अध्यक्ष



कपिलवस्तु ।
प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिईभीटी) अन्तर्गत निजि स्तरमा संचालित शिक्षण संस्थाको छाता संगठन निजि प्राबिधिक शिक्षालय महासङ्घको ८ औं महाधिवेशन सम्पन्न भएको छ ।

महासंघको राष्ट्रिय अधिवेशनबाट अरुण कुमार पाण्डेय सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न अधिवेशनले कपिलवस्तुबासी पाण्डेयलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

१७ सदस्यीय समितिमा बरिष्ठ उपाध्यक्षराम प्रसाद पौडेल, कोशी प्रदेश अध्यक्ष भगवान झा, मधेस प्रदेश अध्यक्ष रामेश्वर नारायण झा, बागमती प्रदेश अध्यक्ष रमेश कुंवर गण्डकी प्रदेश अध्यक्ष चन्दन बाबू खत्री, लुम्बिनी प्रदेश अध्यक्ष त्रिलोचन पौडेल, कर्णाली प्रदेश अध्यक्ष दुर्गा भण्डारी, सुदुर पश्चिम अध्यक्ष किशोर पान्डे रहेका छन् ।

त्यसैगरी महासचिव भुवन चक्र जोशी, सचिव ध्रुब शर्मा, कोषाध्यक्ष दोर्ण ओली सदस्यहरु सिन्धु मल्ल, सुनिल घिमिरे, राजेन्द्र शर्मा, अमृत बुढाथोकी धन प्रसाद डि.पि. खनाल रहेका छन् ।

साथै संरक्षकमा संस्थाका सस्थापक अध्यक्ष दुर्गा उप्रेती र सल्लाहकार समितिमा इन्जिनियर शैलेन्द्र मोहन झा, बसन्तराज खनाल, दुर्गा भुषाल, भैरब बोहरा धर्मराज गिरी रहेका छन् ।

महाधिवेशन महासंघको अध्यक्ष बसन्तराज खनालको अध्यक्षता, प्रमुख अतिथि सिटिइभिटी परिषद सदस्य इन्जिनियर शैलेन्द्र मोहन झा तथा विशेष अतिथि फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका अध्यक्ष नेत्र चटौत लगाएतको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन सचीव भुवन चक्र जोशीको रहेको थियो ।

सर्वसम्मत अध्यक्षमा निर्वाचित पाण्डेयले नेपाललाई प्राविधिक शिक्षाको हवको रुपमा विकास गर्ने गरी समितिले काम गर्ने प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १६ असार २०८० शनिबार ००:००  ६ : ३१ बजे