२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

यी हुन् खाली पेटमा खान नहुने आठ खानेकुरा



एजेन्सी ।
शरीर स्वस्थ र तन्दुरुस्त राख्न शारीरिक कसरतका साथै खाना तथा खाने समयमा समेत विशेष ध्यान दिनुपर्छ । केही खाद्य वस्तुमा एसिडको मात्रा बढी हुन्छ । यस्ता खाद्यपदार्थ नियमित खानाभन्दा अगाडि सेवन गर्दा स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउन सक्छ ।

यी हुन् खाली पेटमा खान नहुने खानेकुराहरू

चटपटे

खालीपेटमा कहिल्यै पनि चटपटे खाना खानु हुँदैन । यसमा एसिडको मात्रा धेरै हुन्छ, जसले हाम्रो पाचनक्रिया बिगारिदिन्छ । जसले गर्दा पेटमा समस्या आउँछ ।

कफी

खाली पेटमा कफी पिउनु हानिकारक मानिन्छ । यसमा क्याफिन हुन्छ, जसले खाली पेटमा नकारात्मक असर पार्छ ।

चिया

हुन त बिहानै खाली पेटमा चिया पिउने धेरै मानिसको बानी हुन्छ । तर खाली पेटमा चिया पिउनु पनि राम्रो होइन । चियामा उच्च मात्रामा एसिड हुन्छ, जसको कारणले पेट दुख्न सक्छ ।

दही

दही स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर, खाली पेटमा यो खानाले पेट दुख्न सक्छ ।

केरा

खाली पेटमा केरा खानाले शरीरमा म्याग्नेसियमको मात्रा धेरै बढ्छ । यसकारण, शरीरमा क्याल्सियम तथा म्याग्नेसियमको मात्रामा असन्तुलन हुन्छ र स्वास्थ्यमा गडबढी उत्पन्न हुन् सक्छ ।

तरुल

तरुलमा ट्यानिन तथा प्याक्टिनको मात्रा बढी हुन्छ । त्यस कारण, यसलाई खाली पेटमा खाँदा ग्याष्ट्रिकको समस्या बढ्न सक्छ ।

गोलभेँडा

गोलभेँडामा एसिडको मात्रा धेरै हुन्छ, जसलाई खाली पेटमा खाँदा असर पुर्‍याउँछ । यसले पेटमा नघुल्ने किसिमको जेल बनाउँछ । त्यसैले खाली पेटमा गोलभेँडा नखानु नै राम्रो ।

अल्कोहल

खाली पेटमा अल्कोहल खानाले पेटमा जलन हुन थाल्छ । यसकारण खाना पनि ठीकसँग पच्दैन र स्वास्थ्य समस्या आउँछ ।

प्रकाशित मिति : २० असार २०८० बुधबार ००:००  ९ : १९ बजे