१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हरायो



काठमाडौं ।
पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हराएको छ ।

गए राति बारबाडोसको केंसिंग्टन ओभलमा भएको खेलमा वेस्ट इन्डिजले दिएको १ सय १५ रनको सामान्य लक्ष्य भारतले ५ विकेट गुमाएर २२ ओभर ५ बलमै पूरा गर्‍यो । भारतका लागि ईशान किशानले सर्वाधिक ५२ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका गुदकेश मोतीले २ विकेट लिए ।

यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिज २३ ओभरमा १ सय १४ रनमा अलआउट भयो । वेस्ट इन्डिजका लागि शाई होपले सर्वाधिक ४३ रन बनाए । बलिङतर्फ भारतका कुलदीप यादवले ४ र रविन्द्र जडेजाले ३ विकेट लिए ।

यो जितसँगै भारतले ३ खेलको शृङ्खलामा १–० को अग्रता लिएको छ । यसअघि भएको २ खेलको टेस्ट शृङ्खला भारतले १–० ले जितेको छ । यी दुई टोलीबीच ५ खेलको टी–२० शृङ्खला पनि हुनेछ ।

प्रकाशित मिति : १२ श्रावण २०८० शुक्रबार ००:००  ८ : ३६ बजे