२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय (सूचीसहित)



काठमाडौं ।
सरकारले पूर्व सचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा गठित सार्वजनिक संस्थान सुझाव समितिको म्याद दुई महिना थप गरेको छ ।

यही साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले समितिको म्याद दुई महिना थप गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यस्तै सरकारले खाद्य तथा पोषण सुधार कार्यक्रम दोस्रोका लागि विश्व बैंकबाट २० मिलियन अमेरिकी डलर (करिब २ अर्ब ६२ करोड रुपैयाँ बराबर) को अनुदान सहायता प्राप्त गर्नेसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले बताइन् ।

यस्ता छन् मन्त्रिपरिषद्‌का १६ निर्णय

प्रकाशित मिति : १८ श्रावण २०८० बिहिबार ००:००  ४ : ४५ बजे