१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तु व्यापार संघका पूर्व अध्यक्ष आचार्यको निधन



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु व्यापार संघका पूर्व अध्यक्ष शंकर प्रसाद आचार्यको निधन भएको छ । लामो समय देखि विरामी परेर औषधि उपचार गराइरहेका आचार्यको विहीबार निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

लामो समय नेकपा (माले) मा रहेर राजनीतिक गरेका आचार्य बाणगंगा नगरपालिका वडा नं. २ पिपरामा निवासी हुन् । शारीरिक रुपमा अस्वस्थ भएपनि आचार्य काठमाडौँस्थित बसुन्धरामा बसोबास गर्दै आएका थिए । उनी क्यान्सर रोगसँग जुधिरहेका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०८० बिहिबार ००:००  ८ : ३९ बजे