१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्य नेकपा एसबाट निष्कासित



काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्यलाई पार्टीबाट निष्कासन गरेको छ ।

केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले पटकपटक सम्झाउँदा पनि नमानेकाले कर्माचार्यलाई निष्कासन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

खतिवडाले भने-‘पार्टीको नीति कार्यक्रम,संगठनात्मक पद्धति तथा निष्ठाका विरुद्धमा क्रियाकलाप गरी अनेकौपटक सम्झाउँदा पनि पार्टी हितका विरुद्ध गतिविधि गरकोले कर्माचार्यलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ ।’

प्रकाशित मिति : १९ श्रावण २०८० शुक्रबार ००:००  ३ : १४ बजे