१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शिवराजले आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउने



मायादेवी अनलाइन, चन्द्रौटा ।
शिवराज नगरपालिकाले नगरवासीका लागि आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउने भएको छ । नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र रुपन्देही जिल्ला शाखासँग शिवराज नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउने गरी सम्झौता गरेको छ ।

निःशुल्क रगत उपलब्ध गराउनका लागि नगर प्रमुख अजय थापाले नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्रलाई अनुदान सहयोग वापत रु दुई लाख रुपैयाँ उपलब्ध गराउने सम्झौतामा उल्लेख गरिएको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डे जानकारी दिए ।

शिवराज नगपालिकाका बासिन्दा, कर्मचारीहरुलाई बिरामी परेर रगत नै चाहिएको अवस्थामा निःशुल्क उपलब्ध गराउने उद्देश्यले रेडक्रसलाई रकम प्रदान गरिएको नगर प्रमुख थापाले बताए ।

शिवराज नगरपालिकाका बासिन्दा र कर्मचारीले निःशुल्क रगतको सेवा लिनु परेमा नगरबासीको हकमा नागरिकता, चालक अनुमतिपत्र स्थानीय भएको प्रमाण वा सिफारिसपत्र र कर्मचारीको हकमा कर्मचारी परिचयपत्र उपलब्ध गराउनु पर्ने शाखाका सभापतीति दिपक क्षेत्री न्यौपानेले जानकारी दिए ।

सम्झौता अनुसार शिवराज नगरपालिकाले हरेक वडाहरुमा पालो पालो बर्षमा दुई पटक रक्त संकलन शिविर संचालन गर्ने प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।

प्रकाशित मिति : २० श्रावण २०८० शनिबार ००:००  १० : ०५ बजे