१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

दाङको स्याली नदीको बाढीमा फसेका दुई महिलाको सकुशल उद्धार



दाङ ।
दाङमा स्याली नदीको बाढीमा फसेका शुक्लाफाँटा नगरपालिका–७ कालापानीका दुई महिलाको गएराति सकुशल उद्धार गरिएको छ ।

भैँसी चराउन हिरापुरफाँटामा गएका गौमती साउद र निर्मला भण्डारीको सशस्त्र प्रहरी, नेपाल प्रहरी र जनप्रतिनिधिको टोलीले उद्धार गरेको हो । चुरे क्षेमा अत्यधिक वर्षा हुँदा स्याली नदीमा बाढी आएपछि भैँसी चराउन गएका दुवै नदीपारि फसेका हुन् ।

नदीमा आएको बाढीका कारण तर्न नसकेर महिला थुनिएको खबर आएपछि सशस्त्र प्रहरीलगायतको सहयोगमा गएराति उद्धार गरिएको शुक्लाफाँटा नगरपालिका–७ का वडा सदस्य केशवसिंह ठगुन्नाले बताउनुभयो।

‘भैँसी चराउन गएका महिला घर नफर्केको खबर प्राप्त भएपछि खोजी सुरु गर्यौँ’, उहाँले भन्नुभयो, ‘नदीपारि थुनिएको जानकारी प्राप्त भएपछि राति अबेर उद्धारको प्रयास गर्यौँ, नदीमा पानीको बहाव उच्च भए पनि सकुशल उद्धार गर्न सफल भयौँ ।’

प्रकाशित मिति : २३ श्रावण २०८० मंगलबार ००:००  ८ : ३५ बजे